ताजा समाचार




मदरसा तालिमुल कुरानकालागि दुर्गा प्रसाईद्धारा जग्गासहित भवन निर्माण गरिदिने घोषणा

अर्जुनधारा     २४ आश्विन २०७८, आईतवार ०५:५३ मा प्रकासित



झापा : झापाको बिर्तामोड ३ स्थित बिर्ताबजारमा रहेको मदरसा तालिमुल कुरान प्राथमिक विद्यालयकालागि व्यवसायी दुर्गा प्रसाईले १ कठ्ठा जग्गा बराबरको रकम सहयोग गर्ने घोषणा गरेका छन् ।

बिएण्ड सी तथा पूर्वाञ्चल क्यानसर अस्पतालका कार्यकारी प्रमुख प्रसाईले आज शनिबार मदरसामा आयोजित कार्यक्रममा विद्यालयकालागि आवश्यक जग्गा खरिद गरिदिने बताएका हुन् । उनले करीब २५ लाख मुल्य बराबरको १ कठ्ठा जग्गा किनिदिने घोषणा गरेका हुन् । साथै उनले सो जग्गामा आफ्ना पृतीको नाममा भवन निमर्ण गरिदिने घोषणा गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल हिन्दु राज्य भएको बताउंदै धर्म संस्कृतिको जर्गेना गर्नु पर्ने दायित्व राज्यको भए पनि आफ्नो दायित्वबाट राज्य पन्छिंदै गएको बताए । उनले मरेर जांदा कसैले पनि धर्तीबाट केहि पनि लिएर नजाने बताउंदै दिल खोलेर सामाजिक क्षेत्रमा सहयोग गर्न सबैलाई आग्रह गरे ।

मुस्लिम बालबालिका अध्ययनरत मदरसाले सामुदायिक विद्यालय सरह अंग्रेजी माध्यमद्धरा विद्यार्थीलाई अध्यापन गराउंदै आएको छ । विद्यालयले भवन निमार्ण गर्न झापाको बिर्तामोड ३ स्थित समावेशी टोलमा ८ कठ्ठा जग्गा खरिदकालागि प्रक्रिया अगाडि बढाएको छ ।

करीब २ करोड मुल्य बराबरको सो जग्गा खरिदकालागि दाताहरु समक्ष सहयोग मागिंदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अफ्रोज खानले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?





प्रतिक्रिया




Top