ताजा समाचार




अर्जुनधारा नगरपालिकाद्वारा चालु आर्थिक वर्षको दुई महिनामा ९० लाख बढी राजश्व संकलन

अर्जुनधारा     २४ आश्विन २०७८, आईतवार ०५:५१ मा प्रकासित



अर्जुनधारा । चालु आर्थिक वर्ष ०७८ र ०७९को दुई महिनामा अर्जुनधारा नगरपालिका राजश्व शाखाले आन्तरिक आयतर्फ ९० लाख बढी राजश्व संकलन गरेको छ ।

राजश्व शाखाका प्रमुख डेनजनी आचार्यका अनुसार नगरपालिकाले चालु आर्थिक वर्षमा पाँच करोड ५० लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा शाखाले ९० लाख १२ हजार आठ सय ९५ रुपैयाँ ४४ पैसा संकलन गरेको हो ।

शाखाले सिफारिस दस्तुरबाट २६ लाख ४६ हजार आठ सय ८६ रुपैयाँ ५० पैसा, भूमि तथा मालपोत करबाट १९ लाख २६ हजार सात सय ८३ रुपैयाँ २८ पैसा, नक्सापास दस्तुरबाट १२ लाख ४९ हजार आठ सय २५ रुपैयाँ ८५ पैसा, अन्य क्षेत्रको आय९सामुदायिक वन समेत०बाट सात लाख ७९ हजार आठ सय २२ रुपैयाँ १३ पैसा, व्यवसाय करबाट छ लाख ७१ हजार पाँच रुपैयाँ, घर बहाल करबाट पाँच लाख २९ हजार नौ सय ९२ रुपैयाँ ६८ पैसा, प्रशासनिक दण्ड जरिवाना र जफतबाट तीन लाख ४५ हजार दुई सय रुपैयाँ, सम्पत्ती करबाट तीन लाख ३६ हजार तीन सय पाँच रुपैयाँ, बहाल बिटौरीबाट दुई लाख २९ हजार आठ सय २५ रुपैयाँ, अन्य दस्तुरबाट एक लाख चार हजार छ सय रुपैयाँ संकलन गरेको छ ।

त्यसैगरी नाता प्रमाणित दस्तुरबाट ६९ हजार पाँच सय रुपैयाँ, व्यक्तिगत घटना दर्ता दस्तुरबाट ६६ हजार नौ सय रुपैयाँ, न्यायिक दस्तुरबाट १५ हजार पाँच सय रुपैयाँ, अन्य प्रशासनिक सेवा शुल्क १२ हजार चार सय रुपैयाँ, सरकारी सम्पत्तीको बहालबाट प्राप्त आयबाट ११ हजार दुई सय रुपैयाँ, अन्य बिक्री९राजपत्र, पुस्तक, नक्सा आदि०बाट प्राप्त रकमबाट आठ हजार चार सय रुपैयाँ, अन्य करबाट पाँच हजार आठ सय रुपैयाँ, विद्युत सेवा शुल्कबाट दुई हजार सात सय ५० रुपैयाँ र अन्य सेवा शुल्क तथा बिक्रीबाट दुई सय रुपैयाँ संकलन भएको छ ।

त्यस्तै शाखाले आर्थिक वर्ष ०७४र०७५मा दुई करोड ५२ लाख ६३ हजार सात सय ९८ रुपैयाँ, ०७५र०७६मा तीन करोड २२ लाख ९७ हजार एक सय ८७ रुपैयाँ, ०७६र०७७मा तीन करोड २३ लाख ८९ हजार नौ सय ७५ रुपैयाँ ५८ पैसा र ०७७र०७८मा छ करोड ७४ लाख ३० हजार पाँच सय ७६ रुपैयाँ १८ पैसा ९भूमिहिनहरुको लगत संकलन गरी उठेको बहाल बिटौरी समेत० आन्तरिक आयतर्फ राजश्व संकलन गरेको थियो ।

जरिवाना बापत पाँच लाख ७५ हजार

गत असारदेखि चालु आर्थिक वर्षको भदौ तीन महिनामा प्रतिबन्धित नदीजन्य सामग्री उत्खनन् तथा संकलन कार्यमा संलग्न टिपर र ट्रयाक्टरबाट राजश्व शाखाले पाँच लाख ७५ हजार रुपैयाँ जरिवाना असुल गरेको छ ।

शाखाले गत असार १३ गतेदेखि भदौ १७ गतेसम्म सात वटा टिपर र ५० वटा ट्रयाक्टरलाई प्रशासनिक दण्ड जरिवाना र जफत शिर्षकमा उक्त रकम बराबरको जरिवाना असुल गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?





प्रतिक्रिया




Top