ताजा समाचार




सुखानी शहीद स्मृति उद्यानमा विभिन्न जातिको पोशाक तथा गहनाहरुको स्टल सञ्चालन

अर्जुनधारा     ४ माघ २०७७, आईतवार १४:५२ मा प्रकासित




नेपाली संस्कृति झल्काउँदै विभिन्न जातिको पोशाकसँगै गहनाको पर्यटनको माध्यमबाट प्रबद्र्धन गर्ने उद्धेश्यले झापाको अर्जुनधारा–९स्थित चर्चित पर्यटकीय स्थल सुखानी शहीद स्मृति उद्यानमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरी राष्ट्रिय पोशाकसँगै विभिन्न जातिको पोशाक तथा गहनाहरुको स्टल शनिबारदेखि सञ्चालनमा ल्याइएको छ ।

उद्यानमा आउने पर्यटकहरुको मागलाई ध्यानमा राखी सुखानी शहीद स्मृति प्रतिष्ठान र उद्यान व्यवस्थापन समितिको स्वीकृती लिई परीक्षणकोरुपमा उक्त स्टल सञ्चालनमा ल्याइएको सञ्चालक आरके महतराले बताए ।

प्रारम्भिक लगानी दुई लाख ५० हजार रुपैयाँको लागतमा सञ्चालक महतरा र राज सुब्बाको संयुक्त प्रयासमा स्टल सञ्चालनमा ल्याइएको हो । स्टलमा राष्ट्रिय पोशाकसँगै गुरुङ, तामाङ, थारु, नेवार, मगर, राई, लिम्बू र सुनुवार जातिको पोशाकसँगै गहना लगाउन पाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?





प्रतिक्रिया




Top