ताजा समाचार




चर्चित साहित्यकार भगवती ढुंगेललाइ लायन्स क्लबको सम्मान

अर्जुनधारा     ६ पुष २०७७, सोमबार १३:४२ मा प्रकासित




झापाको विर्तामोडमा एकै जिल्लाका नौवटा लायन्स क्लबको संयुक्त आयोजनामा सोमबार डिस्ट्रिक्ट गभर्नर सम्मानकार्यक्रम सम्पन्न भएको छ । साथै, सोही अवसरमा लायन्सका नयाँ सदस्यहरुलाई पिन प्रदान गरेको छ ।

यसै बर्षबाट सुरु गरेको प्रतिभा सम्मानकार्यक्रम अनुसार साहित्य तर्फ भगवती ढुंगेल , पत्रकार तर्फ बिनोद पाण्डे र क्लब स्थापनामामहत्वपूर्ण भूमिका खेलेका रिजन चियरपर्सन रुपनारायण खतिवडालाई सम्मान गरिएको लायन्स क्लब अफ विर्तामोड सिटीका संस्थापक अध्यक्ष निरज ओलीले बताए ।

क्लबका अध्यक्ष घनश्याम चौधरीका अनुसार सम्मानितव्यक्तित्वहरुलाई सम्मानपत्र र दोसल्ला प्रदान गरिएको थियो । क्लबले प्रत्येक वर्ष समाजकाविभिन्न क्षेत्रका प्रतिभाहरुलाई सम्मान गर्ने योजना बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?





प्रतिक्रिया




Top