ताजा समाचार




झापामा संसद विघटनको विरोधमा युवाहरुको भब्य प्रदर्शन

अर्जुनधारा     ५ पुष २०७७, आईतवार १३:२७ मा प्रकासित




नेकपाको भातृ संगठन अनेरास्ववियूले आज अपरान्ह बिर्तामोडमा विरोध र्याली र कोणसभा आयोजना गर्यो । र्याली बिर्तामोडको मुक्ति चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

र्यालीका सहभागीहरुले चर्का नारा लगाएका थिए । र्यालीपछि आयोजित कोणसभामा बोल्दै वक्ताहरुले प्रधानमन्त्री ओलीले असंवैधानिक कदम नसच्याए सडकमा उत्रिएर घुँडा टेकाएरै छाड्ने चेतावनी दिए । उनीहरुले संघीय गणतान्त्रिक नेपाललाई ओलीले निमोठ्ने काम गरेको भन्दै तानाशाहलाई अन्त्य गरेरै छाड्नेसमेत चेतावनी दिए ।

कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका प्रदेश अध्यक्ष भुपाल सापकोटा , राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य प्रत्युस राना ,रास्ट्रीय युवा संघ नेपाल केन्द्रिय सदस्य तथा झापा इन्चार्ज कुमार आचार्य, अनेरास्ववियूका जिल्ला अध्यक्ष अनिल सुवेदीलगायतले बोलेका थिए । कार्यक्रमको संचालन दधि रिमालले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?





प्रतिक्रिया




Top