ताजा समाचार




अर्जुनधारा फिटनेसको शनिस्चरे बजारमा भब्य उद्घाटन ( फोटो फिचर सहित )

अर्जुनधारा     २७ मंसिर २०७७, शनिबार १२:४९ मा प्रकासित




झापाको अर्जुनधारा नगरपालिका वार्ड न. ८ स्थित शनिश्चरे बजारमा अर्जुनधारा फिटनेसको आज एक औपचारिक कार्यक्रम बीच अर्जुनधाराका मेयर हरिकुमार रानाले उद्घाटन गरे ।

खेलाडी उत्पादन र कुलतमा फसेका युवाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको फिटनेसको लागत ५० लाख रहेको सञ्चालकहरुले बताएका छन् । युवाहरुको जोश र जाँगरबाट सञ्चालनमा आएको फिटनेस नगरको गौरवका रुपमा राख्न सफल बन्न आयोजकलाई मेयर रानाको शुभकामना थियो ।

स्थानिय युवाहरु मिलेर खोलेको अर्जुनधारा फिटनेसको लागत ५० लाख रहेको संचालक समितिका सदस्य बिशाल भण्डारीले अर्जुनधारा डटकम लाइ बताए ।

कार्यक्रममा सशस्त्र प्रहरी नायव उपरीक्षक गौतम याेञ्जन, अर्जुनधारा नगर खेलकुद विकास समितिका संयोजक अर्जुन मेचे, शनिश्चरे प्रहरी चौकी इन्चार्ज सइ सूर्य बस्नेत, अस्थायी ट्राफिक प्रहरी शनिश्चरे इन्चार्ज असइ गोकुल आचार्यको लगायत अन्य बिसिस्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?





प्रतिक्रिया




Top