ताजा समाचार




फर्वाड युथ मुभमेन्टद्धारा शनिश्चरे बजारमा बृक्षरोपण

अर्जुनधारा     २६ मंसिर २०७७, शुक्रबार १५:०७ मा प्रकासित




अर्जुनधारा  अर्जुनधारा नगरपालिका–८ स्थित शनिश्चरे बजारमा बृक्षरोपण तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । फर्वाड युथ मुभमेन्टद्धारा शुक्रवार आयोजित कार्यक्रममा अर्जुनधाराका युवाको समुहले बृक्षरोपण तथा सरसफाई गरेका हुन् । समाज रुपान्तरण तथा समाजमा भएको गलत कार्यलाई न्युनीकरण गर्ने उदेश्यले युवाहरुको समुह सक्रिय रहने युवा सागर खरेलले बताए ।

मुभमेन्टले समाजमा हुने गरेका विकृति विसंगति साथै समाज सुधारका सामाजिक कार्य गर्ने उदेश्य लिएको छ । कार्यक्रममा नगर प्रमुख हरिकुमार राना, तरुण दलका केन्द्रिय सदस्य मदन बुढाथोकी, ने.क.पा केन्दीय सदस्य भास्कर काफ्ले, अर्जुनधारा नगरपालिका वडा न. ८ का वडाध्यक्ष गोपिचन्द्र गौतम, वडा न. ६ वडाध्यक्ष लोकनाथ गौतम लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?





प्रतिक्रिया




Top