ताजा समाचार




अस्ट्रेलियामा आफ्नो छुट्टै पहिचान बनाउदै झापाका अरुण

अर्जुनधारा     १५ मंसिर २०७७, सोमबार १३:०२ मा प्रकासित




सागर खरेल ।अस्ट्रेलियाको मेलबर्न शहर स्थित जिलोंगमा झापाली युवा व्यवसायी अरुण उप्रेतीले कंगारु मोबाइल जोनको भब्य उद्घाटन गरेका छन् ।

यस मोबाइल जोनमा मोबाइल सम्बन्धि सबै कामहरु हुनेछ संगसंगै ल्यापटप, एप्पलको सामानहरु पनि उपलब्ध हुने छ । यस अघि पनि पहिलो शाखाको रुपमा मेलबर्नमा यो ब्राण्डले पहिलो शाखा खोलेको थियो ।छोटो समयमा नै यो कंगारु मोबाइल जोन अस्ट्रेलियामा स्थापित बन्दैछ ।

कगारु मोबाइल जोनको जेलोंग स्थित शाखा ।

अरुण उप्रेती को हुन् ?

झापाका अरुण उप्रेती एक युवा व्यवसायी हुन् । उनि नेपालमा छदा बैकिंग क्षेत्रमा निकै नै क्रियाशील थिए । पढाइको शिलसिलामा उनि अहिले अस्ट्रेलियामा छन् । उनि अहिले अस्ट्रेलियामा भैरहदा गएको छोटो समयमानै आफ्नो एउटा ब्राण्ड बनाएर छुटै पहिचान बनाइराखेका छन् । निकैनै जिज्ञाशु स्वभावका अरुण केहि गरौ अगाडी बधाई भन्ने युवाहरुको लागि एउटा उदाहरण नै बनेका छन् ।

आज उद्घाटन पछिको तस्विर ।

अहिले अस्ट्रेलियाको मेलबर्न शहरमा उनको कंगारु मोबाइल जोन नामको दुइ वटा स्टोर चालु भैसकेको छ । र आगामी दिनहरुमा पनि थुप्रै ठाउहरुमा यो ब्राण्डलाइ स्थापित गर्ने उनको उदेश्य रहेको अर्जुनधारा डटकम संगको कुराकानीमा युवा व्यवासायी उप्रेतीले बताए । उनलाई हरेक पाइलामा उनकी श्रीमती स्मृति ढकाल उप्रेतीले साथ् दिराखेकी छिन् । दुवैजजना मिलेर एक पछि अर्को सफलता हात पार्दै मेलबर्न जस्तो व्यस्त शहरमा आफ्नो ब्राण्डलाइ स्थापित गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?





प्रतिक्रिया




Top