ताजा समाचार




अर्जुनधारा –९ गोलधापमा सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा सुचारु

अर्जुनधारा     ४ मंसिर २०७७, बिहीबार १३:१८ मा प्रकासित




सनराइज बैंक लिमिटेडले झापाको अर्जुनधारा –९ गोलधापमा बिहीबारबाट शाखारहित बैंकिङ्ग सेवाको सुरूवात गरेको छ । कार्यक्रममा सनराइज बैंक लिमिटेड १ नम्बर प्रदेश कार्यलयका प्रमुख बिबेककुमार निरौला र अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाले सनराइज बैंक लिमिटेड शाखारहित बैंकिङ्ग सेवा अर्जुनधारा –९ गोलधापका प्रतिनिधि सुमन राईलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेर शाखारहित बैंकिङ्ग सेवाको शुभारम्भ गरेका थिए ।

उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटीएम कार्डमार्फत कारोबार गर्न सकिने सनराइज बैंक लिमिटेड बिर्तामोड शाखा प्रमुख गणेशकुमार गुरागाईंले बताए ।

कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाले बैंकिङ्ग सेवाको पहुँच नपुगेको अर्जुनधारा –९ गोलधापमा सनराइज बैंक लिमिटेडले शाखारहित बैंकिङ्ग सेवाको सुरूवात गरेकोमा खुशी व्यक्त गरेका थिए । उनले सनराइज बैंकमा निर्धक्क भएर बैंकिङ्ग कारोबार गर्न स्थानिय बासिन्दालाई आग्रह गरेका थिए ।

सनराइज बैंक लिमिटेडले अर्जुनधारा –९ गोलधापमा शाखारहित बैंकिङ्ग सेवाको सुरूवात गरेर बैंकिङ्ग सेवाका लागि झापाको बिर्तामोड या शनिश्चरे जानुपर्ने वाध्यताको अन्त्य भएको उनीहरुले बताए ।

कार्यक्रममा जडीवुटी सहकारी संस्थाका अध्यक्ष हरि दाहालले खाता खोलेर शाखारहित बैंकिङ्ग सेवा लिएका थिए ।

कार्यक्रममा अर्जुनधारा –९ का बडाध्यक्ष पुष्पकुमार प्रसाईं सनराइज बैंक लिमिटेड बिर्तामोड शाखाका कर्जा अधिकृत सुदेश मल्ल , कर्मचारीहरु वोधराज रिजाल , अर्जुन भट्ट , मञ्जु दाहाल क्षेत्री , अशोक अधिकारी ,बुधवारे शाखा प्रमुख तेजबहादुर थापामगर लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन सनराइज बैंक लिमिटेड बिर्तामोड शाखाका डिपोजिट रिलेनसिप म्यानेजर श्यामकुमार गुरुङले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?





प्रतिक्रिया




Top