ताजा समाचार




अलविदा कुन्दन भट्टराई

अर्जुनधारा     २८ कार्तिक २०७७, शुक्रबार १५:०७ मा प्रकासित




नेकपा झापाका नेता कुन्दन भट्टराई कोरोना संक्रमणबाट मृत्यु भएको छ । झण्डै साता अघिबाट संक्रमित भएका भट्टराईको आज निधन भएको अर्जुनधारा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिए ।

उनको उपचारको क्रममा अहिले भर्खरै काठमाण्डौं स्थित मेडिसिटी अस्पतालमा निधन भएको वडा अध्यक्ष लोकनाथ गौतमले जानकारी दिए।

क्यान्सर रोगबाट पीडित रहेका भट्टराईको स्वास्थ्यमा अचानक समस्या आएपछि कात्तिक २३ गते एयर एम्वुलेन्समार्फत झापाबाट उपचारका लागि काठमाडौँ लगिएको थियो । उपचारकै क्रममा रहंदा भट्टराईको पीसीआर पोजेटिभ आएको बताइएको छ । मृतक भट्टराई तत्कालीन अर्जुनधारा गाउंविकास समितिका अध्यक्ष तथा हाल अर्जुनधारा नगरपालिका वडा ५ का वडा सदस्य रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?





प्रतिक्रिया




Top