ताजा समाचार




विचलित नभइकन एकजुट भएर अगाडी बढ्न युवाहरुलाई आग्रह – नरेश शाही

अर्जुनधारा     १८ कार्तिक २०७७, मंगलवार १३:०५ मा प्रकासित




राष्ट्रिय युवा संघका वरिष्ठ नेता नरेश शाहीले नेकपा पार्टी कार्यालय झापामा अन्तरक्रिया गरेका छन् । सोमवार झापा बिर्तामोडमा आयोजित अन्तरक्रियाका क्रममा उनले पार्टीको केन्द्रमा जे जस्तो कुरा आएपनि विचलित नभइकन एकजुट भएर अगाडी बढ्न युवाहरुलाई आग्रह गरे ।

झापा आन्दोलन र बिद्यार्थी नेताहरुका विषयमा चर्चा समेत गरेका थिए । शाहीले युवाहरुले सिर्जनात्मक तथा उत्पादनमुलक कार्यमा अघि वढ्न हौसला समेत दिएका थिए ।
। कार्यक्रमको प्रमुख अतिथि समेत वरिष्ठ नेता शाही रहेका थिए । कार्यक्रममा संघका केन्द्रिय सदस्य हिमाल लिम्बुले संघको नीतिका विषयमा जिज्ञासा राखेका थिए ।

कार्यक्रममा नेकपाका जिल्ला इन्चार्ज कुमार आचार्य , सह इन्चार्ज प्रतुस राना, संघका केन्द्रिय सदस्य मुना शर्मा, गौरीमा परियार , संघका तेह्थुम जिल्ला संयोजक कुमार कन्दङ्वा, इलाम संयोजक महेश तिवारी, अखिलका केन्द्रीय सदस्य डम्वर अधिकारी, सह–संयोजक दुर्गा धमलालगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?





प्रतिक्रिया




Top