ताजा समाचार




गायक निराजन कडेल र प्रबिशा अधिकारिको ‘उड्यो रे मेरो मन ’ सार्वजनिक ( भिडियो सहित )

अर्जुनधारा     १५ कार्तिक २०७७, शनिबार १०:३७ मा प्रकासित




सागर खरेल । अर्जुनधारा डटकम । युवा पुस्ताले निकैनै रुचाएको नेपालको चर्चित गायक निराजन कडेलको स्वरमा सजिएको ‘उड्यो रे मेरो मन बोलको’ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

उक्त गीतको म्युजिक भिडियो गायक कडेलको आफ्नै नाममा रहको अफिसियल युट्युब च्यानलबाट आज रिलिज गरिएको हो ।

चर्चित गायक निराजन कडेल हजारौ को भिडमा नेपालि सांगीतिक क्षेत्रमा आफ्नो एउटा छुट्टै पहिचान बनाउन सफल गायक हुन् । उनको अरु भन्दा निकै नै फरक शैलीका सुमधुर गित संगीतहरु दर्शकहरुले सुन्न पाउछन् । उनका पछिल्ला चर्चित गितहरु दिलमाया, बिस्तारै बिस्तारै लगायत अन्य धेरै गितहरुलाई लाखौ नेपालि दर्शक श्रोताहरु पराई सक्नुभएको छ ।

हालै रिलिज भएको ‘उड्यो रे मेरो मन बोलको’ गितमा निराजनलाई गायिका प्रबिशा अधिकारिले साथ् दिएकी छिन् । प्रमोद कोइरालाको शब्द/ संगीत रहेको यस गितमा सागर थापा र रोशनी कार्कीको दमदार अभिनय देख्न सकिन्छ भने यस म्युजिक भिडियोको छायांकन र निर्देशन अनिल के मानन्धरले गरेका छन् । कालिन्चोकको सुन्दर दृश्यहरु हामि यस म्युजिक भिडियोमा देकं सक्छौ। भिडियोमा सागर र रोशनीको जोडी पनि आकर्षक देखिएको छ । हाल सम्म यस गितलाइ हजारौले युट्युबमा हेरिसक्नु भएको छ।

भिडियो सहित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?





प्रतिक्रिया




Top