ताजा समाचार




कन्काई ने.वि संघद्वारा राहात वितरण

अर्जुनधारा     ४ कार्तिक २०७७, मंगलवार १५:३५ मा प्रकासित




सागर खरेल । नेपाल विद्यार्थी संघ राहात वितरण कार्य समिति बिर्तामोडको सहयोगमा तारा नमस्ते बाल गृहका लागि खाद्यान्न सामाग्री बितरण गरिएको छ ।

मङगलबार बिर्तामोड ४ स्थित बाल गृहको प्रागनमा औपचारिक कार्यक्रमको आयोजना गर्दै विद्यार्थी संघले खाद्यान्न सामाग्री वितरण गरेको हो।

स्वतन्त्र विद्यार्थी संगठन (स्वब्यु ) कनकाई कलेज बिर्तामोडका सभापति सन्जय राईको संयोजनमा खाधानय सामाग्री बाल गृहका संचालक यशोदा चापागाईंलाई हस्तान्तरण गरिएको थियो।

२०६९ सालमा स्थापना भएको बाल गृहमा हाल ४ बर्ष देखि १७ बर्षका बालबालिका राखिएको छ िनजिकिदै गरेको चाडपर्वलाई लक्षित गदै विद्यार्थी संगठनले बाल गृहका भाईबहिनीहरूलाई सहयोग पुरयाउने उदेश्यले खाधयन सामाग्री वितरण गरेको (स्वब्यु ) कनकाई कलेज बिर्तामोडका सभापति सन्जय राईले जानकारी गराउनु भयो ।ह खाधयन सामाग्री वितरण कार्यक्रममा संघका सामाजिक अभियानकताहरू किरण गुरूङ,विनोद लामा, भिसन लिम्बू ,मनिस हाङग सुवेदी, विजय राई, रमेश शेर्पा ,खुम खड्का ,आशिस मैनाली लगाएतको उपस्थिति रहेको थियो ।

यस अघि पनि विद्यार्थी संगठन विभिन्न सामाजिक कार्यमा अग्रसर भई सहयोग पुरयाउदै आएको छ।

कोरोना भाईरसका कारण देशमा गत चैत्र ११ गते बाट करिब ६ महिना समम लकडाउन भएको थियो । देशै थुनिएको अवस्थामा ज्यालादारी मजदुर बिपन्न परिवारहरुलाई रात दिन नभनि विभिन्न मनकारी ब्यक्ति ,सहयोगी संस्था लगायतले राहात जुटाई घरघर पुगी राहात वितरण गरेको थियो ।

लकडाउनको अबस्थामा लकडाउन राहात वितरण कार्यसमिति बनाई विद्यार्थी संगठनले देश विदेशबाट थुप्रै सहयोगी हातहरु जुटाई झापाका थुप्रै ठाउहरुमा राहत वितरणसंगै थुप्रै सामाजिक गतिविधि गर्दै आएको र बिपन्न परिवारहरूलाई राहात वितरण गरेको युवा अभियान्ता किरण गुरूङले अर्जुनधारा डटकमसंगको कुराकानीमा बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?





प्रतिक्रिया




Top