ताजा समाचार




आकस्मिक कक्ष स्तरोन्नति गर्न ४ अस्पताललाई ३६ करोड पठाइयो

अर्जुनधारा     २७ आश्विन २०७७, मंगलवार ०३:४९ मा प्रकासित




काठमाडौं- सरकारले विभिन्न ४ अस्तपालका आकस्मिक कक्षको स्तरोन्नति गर्न ३६ करोड रुपैयाँ पठाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकोनियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले कोशी अस्पताल, भरतपुर अस्पताल, नारायणी अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ९ करोडको दरले आकस्मिक कक्ष निर्माणका लागि ३६ करोड पठाइएको जानकारी दिएका हुन्। 

यस्तै विभिन्न १० अस्पतालमा ट्रमा युनिट निर्माणका लागि ५ करोड बजेट विनियोजन गरिसकेको समेत स्मरण गराएको छ। प्रत्येक अस्तपालमा ट्रमा युनिट निर्माणका लागि ५० लाखको दरले ५ करोड विनियोजन गरिएको प्रवक्ता डा गौतमले जानकारी दिएका हुन्।

स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गर्न सबै अस्पतालमा न्यूनतम सेवा मापदण्ड कार्यान्वयन भए नभएको थाहा पाउन अनुगमन गरिएको मन्त्रालयले जनाएको छ। 

रोगहरुको अध्ययन अनुसन्धान, निगरानी, रोकथाम, नियन्त्रण, निवारण, उन्मुलन तथा नियमन कार्य प्रभावकारी गर्न रोग नियन्त्रण केन्द्र नेपाल (सडिसी नेपाल) स्थापनाका लागि प्रक्रिया अघि बढेको प्रवक्ता गौतमले जानकारी दिए। 

यसका लागि मन्त्रिपरिषदबाट सैद्धान्तिक सहमति भई विधेयकको मस्यौदा तयार गर्न सुरु गरिएको मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?





प्रतिक्रिया




Top