ताजा समाचार




गायक सन्दिप त्रिखत्रीको पहिलो गित सार्वजनिक ( भिडियो सहित )

अर्जुनधारा     २६ भाद्र २०७७, शुक्रबार १३:२९ मा प्रकासित



सागर खरेल । झापाली गायक सन्दिप त्रिखत्रीले लामो समय सम्म सांगीतिक क्षेत्रको अध्यान र अनुभव पछि भर्खरै आफ्नो स्वरमा सजिएको “कोसौ टाढा” बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । युट्युबमा म्युजिक नेपालबाट रिलिज भएको उक्त गितलाइ हजारौ दर्शकहरुले हेरिसकेका छन् । गायक त्रिखत्रीले आफ्नो लामो सांगीतिक अनुभवबाट यो म्युजिक भिडियो बनाएको हुन् । यस म्युजिक भिडियोलाइ गायक त्रिखत्रीले नै निर्देशन पनि गरेका छन् ।

यस म्युजिक भिडियोमा सुरज चाहार र आयशा क्षेत्रीको दमदार अभिनय देख्न सकिन्छ । गायक त्रिखत्रीकै शब्द/स्वर र निर्देशन रहेको यस म्युजिक भिडियोमा सुवास लिम्बुको छायांकन रहेको छ भने यस गितमा संदेश परियारले संगीत संयोजन गरेका छन् ।

झापाका विभिन्न रमाइलो स्थलहरुमा छायांकन सम्पन्न भएको यस गितलाइ अहिले पछिलो समय दर्शकहरुले राम्रै प्रतिक्रिया दिएको गायक त्रिखत्रीले अर्जुनधारा डट कमसंगको कुराकानिमा बताए। अब छिटैनै अरु धेरै सांगीतिक कोशेलीहरु दर्शक माझ लिएर आउने तयारि भैरहेको गायक सन्दिप त्रिखत्रीले बताए ।

गायक सन्दिप त्रिखत्रीको म्युजिक भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?





प्रतिक्रिया




Top