ताजा समाचार




मोडलिंगमा रम्दै दिपक घिमिरे (भिडियो सहित)

अर्जुनधारा     २३ भाद्र २०७७, मंगलवार १४:५६ मा प्रकासित




नेपालि सांगीतिक क्षेत्रमा एक पछि अर्को म्युजिक भिडियोमा अभिनय गर्दै अन्तरास्ट्रिय मोडल दिपक घिमिरे येतिबेला व्यस्त बन्न थालेका छन् । केहि समय अगाडी रिलिज भएको  “अन्जानैमा” बोलको गितको म्युजिक भिडियोमा दमदार अभिनय प्रस्तुट गरेका मोडल दिपक घिमिरे अहिले निकै चर्चामा छन् ।

त्यसैगरी युवा पुस्ताका लोकप्रिय गायक हुन् कमल खत्री । सांगीतिक क्षेत्रमा उनका पप तथा आधुनिक शैलीका थुप्रै गीतहरु लोकप्रिय छन् ।आत्मामा, म गीत हुँ तिम्रो, जाउँला रेलैमा आदि लोकप्रिय गीतका गायक तथा संगीतकार कमल खत्री लकडाउन तथा निषेधाज्ञाको क्रममा पनि सांगीतिक क्षेममा उत्तिकै सक्रिय छन् । यतिबेला भने उनी एउटा बिल्कुलै पृथक गीतको म्युजिक भिडियोमार्फत दर्शक तथा स्रोतामाझ आउने तयारी गर्दैछन् ।

‘पानी पिउने बहाना…’ शीर्षकको उक्त गीत रोमान्टिक शैलीको छ ।यो गीतका संगीतकार पनि गायक कमल खत्री नै हुन् ।रिकेश गुरुङ उक्त गीतका संगीत संयोजक हुन् ।

आज सोमबार साँझ उक्त गीतको टिजर सार्वजनिक गरिएको छ, जुन निकै आकर्षक देखिन्छ ।टिजरमा गायक खत्रीसंगै अभिनेता तथा मोडल दीपक घिमिरे, अभिनेत्री रियासा दाहालका साथमा मोडल विशाल रेग्मीलाई देख्न सकिन्छ ।यही भदौ २९ गते सोमबार सार्वजनिक हुने उक्त भिडियोलाई नितिन चन्दले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?





प्रतिक्रिया




Top