ताजा समाचार




अर्जुनधारा नगरपालिकामा बाढीको आतंक ( फोटो फिचर )

अर्जुनधारा     १७ भाद्र २०७७, बुधबार १४:०० मा प्रकासित




अर्जुनधारा । गत मंगलवार राती मेघगर्जनसहित परेको पानीका कारण आएको वाढीले झापाको अर्जुनधारा नगरपालिका क्षेत्रभित्र क्षती पुर्याएको छ । अर्जुनधारा नगर क्षेत्र हुँदै वग्ने विरिङ, टाङटिङ नदिमा आएको वाढीले नगरका बाटो, पुल, विजुलीका पोल, नहर, स्थानीयको घर समेतमा क्षती पुर्याएको हो ।

नगरको वडा २ स्थित गाजाबारीमा ७ वटा विजुलीका पोल ढलेको, स्थानीय देवेन्द्र रोक्काको घर रुख ढल्दा किचेको, वडा नं. १ मा नहर भत्काएको, साथै वडा नं. १ र २ का वाटोलगायतमा क्षती पुर्याएको छ ।

आकाशमा कालो बादल मडारिन थालेपछि त्यस क्षेत्रकोका स्थानीय बिरीङ तथा टाङ्टिङ नदीमा आउने बाढीको त्रासले रातभर जाग्राम बस्ने गर्छन् ।

बाँध भत्काई पानी मानव वस्तीसँगै खेतीयोग्य जमिनमा पस्ने चिन्ताले उनीहरुलाई सताउने गरेको स्थानीय मदन वरालले बताए । बुधवार नगर प्रमुख हरिकुमार राना, उपप्रमुख कमला आचार्य खतिवडा विपत समितिका संयोजक लक्ष्मी तामाङसहितको टोलीले वाढीले पुर्याएको क्षतीको अवलोकन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?





प्रतिक्रिया




Top