ताजा समाचार




गोली हानी हत्या अभियोगका फरार पक्राउ

अर्जुनधारा     ४ भाद्र २०७७, बिहीबार ०१:३४ मा प्रकासित




गोली हानी हत्या गरेको घटनामा संलग्न फरार प्रतिवादी मिर्चैया नगरपालिका-५ बस्ने लाल कुमार साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।


    २०७६ असार ११ गते राति सोही नगरपालिका बस्ने गरजुन भन्ने देवेन्द्र यादव र लाल कुमारले सोही नगरपालिका बस्ने २२ वर्षीय चिरेन्द्र कुमार यादवलाई गोली हानी हत्या गरी फरार रहेका थिए । उनीहरुको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सिरहा र ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले धनुषा जनकपुरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी लाल कुमारलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?





प्रतिक्रिया




Top