ताजा समाचार




मुख्यमन्त्री शेरधन राई आज अर्जुनधारा आउँदै

अर्जुनधारा     २९ श्रावण २०७७, बिहीबार ०४:०३ मा प्रकासित




प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आज झापाको अर्जुनधारा नगरपालिका आउने भएका छन् ।अर्जुनधारा नगरपालिकाको विभिन्न वडामा आयोजित कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री राई आज अर्जुनधारा आउँदै गरेको नगरपालिकाको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार कम्तिमा आधा दर्जन कार्यक्रममा मुख्यमन्त्री राई सहभागी हुनेछन् ।

मध्याह्न १२ बजे नगरपालिकाको कार्यालयमा आइपुग्ने मुख्यमन्त्री राईलाई नगरका जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधिलगायतले स्वागत गर्ने कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ ।

अर्जुनधारा ९ मा मुख्यमन्त्री ग्रामीण सडक योजनाअन्तर्गत निर्मित कालोपत्रे सडकको मुख्यमन्त्री राईले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, अर्जुनधारा ८ स्थित शनिश्चरे बजारमा स्थापित श्री कृष्ण अर्जुन सवार रथको मुख्यमन्त्री राईले अनावरण गर्ने कार्यक्रम रहेको नगर प्रमुख हरिकुमार रानाले बताए ।

उनका अनुसार अर्जुनधारा १ सिस्ने र अर्जुनधारा २ को बेल्टारमा बनेको दुग्ध संकलन केन्द्र (चिलिङ सेन्टर) को उद्घाटन गर्ने कार्यक्रम पनि रहेको छ । त्यस्तै, अर्जुनधारा ३ मा निर्मित सामुहिक आवस गृहको अवलोकन गर्नका लागि समय निर्धारण गरिएको छ । सामुहिक आवास गृहमा नगरपालिकाले क्वारेन्टाइन सञ्चालन गर्नका लागि प्रस्ताव गरिसकेको छ ।

साँझपख मुख्यमन्त्री राईले पार्टीका नेता, कार्यकता भेटघाट गर्नेछन् भने नगरपालिकाका स्थानीय उद्योगी, व्यापारी र सहकारीकर्मीसँग भेटाघाट गर्ने कार्यक्रम रहेको नगरको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?





प्रतिक्रिया




Top